IME Life New

वर्ष २०८१ को ‘बैंक बिदा’ सार्वजनिक, कर्मचारीलाई कति दिन बिदा ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८१ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले २०८१ मा दसैँ र तिहारसहित कुल ४५ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको छ। यसमा मितिपछि नेपाल सरकारले निर्णय गरेबमोजिम हुने बिदा पनि समावेश गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ वर्ष अर्थात वैशाख १ गते बैंक बन्द रहनेछन्। तर, वैशाख १ गते शनिबार परेकोले त्यसै पनि सार्वजनिक रहेको छ। वैशाख ५ गते राम नवमीको बिदा दिइएको छ।

Esewa
Crest

यसैगरी दसैँ र तिहारमा ५/५ दिन बैंक बन्द रहनेछन्। जसअनुसार दसैँमा असोज २४ गते फूलपातीदेखि असोज २८ गते द्वादशीसम्म बैंक बन्द रहनेछन्। तिहारमा पनि कात्तिक १५ गते लक्ष्मीपूजादेखि कात्तिक १८ गते भाइटीकासम्म बैंक बिदा दिइएको छ।

यसैगरी प्रत्येक शनिबार बैंक बिदा हुनेछ भने शुक्रबार आधा दिन बिदा हुनेछ। प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेमा बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक बिदा हुने र प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ।

यसैबीच राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ। २०८१ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि १ः३० बजेसम्म हुनेछ।

त्यस्तै बैंकि समय चाहिँ २०८१ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि मध्याह्न १२ः३० बजेसम्म हुनेछ।

Bank holidays

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS