IME Life New

वर्ष २०२५ मा पुनर्बीमकले मूल्य बढाउलान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका पुनर्बीमकहरुले वर्ष २०२५ मा मूल्य निर्धारणका बारेमा मिश्रित प्रतिक्रिया आएको छ। विश्वका आधाभन्दा बढी पुनर्बीमकले जनवरी २०२५ को नवीकरणमा मूल्य वृद्धि गर्ने प्रक्षेपण फिच रेटिङ्सले गरेको छ।

पुनर्बीमकहरुले हालैका वर्षहरुमा देखिएको उच्च दाबीबाट मूल्य बढाउने अपेक्षा गर्न सकिन्छ। फिचले गरेको सर्वेक्षणमा लगभग ३० प्रतिशत उत्तरदाताहरुले ५ प्रतिशतभन्दा बढीको मूल्य वृद्धिको अनुमान गरेका छन्। जब कि २६ प्रतिशत उत्तरदाताले अझ मध्यम वृद्धिको भविष्यवाणी गरेका छन्।

Esewa
Crest

सर्वेक्षणमा पुनर्बीमक, बीमक र ब्रोकरसहित ८१ कम्पनीका प्रतिनिधि सहभागी थिए। सर्वेक्षणमा सहभागी २२ प्रतिशत उत्तरदाताले भने मूल्यमा गिरावट हुन सक्ने प्रतिक्रिया दिए।

फिचले पुनर्बीमा क्षेत्रमा पुँजीको प्रचुरतालाई ध्यानमा राख्दै पुनर्बीमा मूल्यचक्र चरम अवस्थामा पुगेको विश्वास गरेको छ। फलस्वरुप फिचले आफ्नो विश्वव्यापी पुनर्बीमा क्षेत्रको दृष्टिकोणलाई ‘सुधार’ बाट ‘तटस्थ’ मा परिमार्जन गरेको छ। जसले वर्ष २०२५ सम्म पुनर्बीमा बजार स्थिर हुने संकेत गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS