IME Life New

वर्ष २०२४ मा दुई इन्स्योरेन्ससहित १२ कम्पनीले पाए हकप्रद बिक्रीको अनुमति, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२४ मा नेपाल धितोपत्र बोर्डबाट १२ कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएका छन् । एक वर्षको अवधि अर्थात २०२४ मा २ वटा इन्स्योरेन्स कम्पनी सहित १२ कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका हुन् । एक वर्षको अवधिमा घलेम्दी हाइड्रो, सिंगटी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, एलआइसी नेपाल, एनएलजी इन्स्योरेन्स कम्पनी, लिबर्टी इनर्जी, बलेफी हाइड्रो र ङादी ग्रुप पावरले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका हुन् ।

यी कम्पनीहरुले कुल १५ अर्ब ३८ करोड ४० लाख ५२ हजार ४५ रुपैयाँ बराबरको १५ करोड ३८ लाख ४० हजार ५२० कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएका हुन् ।

Esewa
Crest

घलेम्दी हाइड्रो
यस कम्पनीले बोर्डबाट १ः२ को अनुपातमा १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

सिंगटी हाइड्रो
यस कम्पनीले १ बराबर १ को अनुपातमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता शेयर बिक्रीस्का लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।नारायणी डेभलपमेन्ट बैंक
यस बैंकले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

अरुण भ्याली हाइड्रोपावर
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

रिडी पावर
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०५ को अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

हिमालय ऊर्जा विकास कम्पनी
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भे्ष्टमेन्ट बैंकिङ रहेको छ ।

आँखुखोला जलविद्युत कम्पनी
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भे्ष्टमेन्ट बैंकिङ रहेको छ ।

एलआइसी नेपाल

यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

एनएलजी इन्स्योरेन्स
यस कम्पनीले हाल कायम चुक्ता पसँजीको १०ः६.२५६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० कित्ताका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

लिबर्टी इनर्जी
यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्क्यापिटल रहेको छ ।

बलेफी हाइड्रोपावर
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

ङादी ग्रुप पावर
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरको लागि १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS