काठमाडौं । बर्मुडामा रहेको पुनर्बीमा कम्पनी पार्टनररि लिमिटेडले वर्ष २०२३ मा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। यो वर्ष कम्पनीले कुल बीमाशुल्क आर्जन बढेर ९.१ अर्ब डलर पुगेको छ। अघिल्लो वर्ष कुल बीमाशुल्क आर्जन ८.७ प्रतिशत थियो।
त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर ७.९ अर्ब डलर पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ७.६ अर्ब डलर कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुलक आर्जन अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत बढेको छ। जसमा निर्जीवन बीमा व्यवसायतर्फको खुद बीमाशुल्क आर्जन ४ प्रतिशतले मात्र बढेको छ भने जीवन बीमातर्फको व्यवसायमा २६ प्रतिशतले बढेको छ।
कम्पनीको खुद लगानी आम्दानी पनि बढेर ६४ करोड ७७ लाख डलर भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड ८० लाख डलरले बढी हो।
कम्पनीको निर्जीवन बीमा व्यवसायतर्फको अन्डराइटिङ १ अर्ब ७ करोड १० लाख डलर रहेको छ। जुन एकीकृत रेसियोको ८१.६ प्रतिशत हो। सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्न सकिने खुद आम्दानी २ अर्ब ३० करोड ८० लाख डलर रहेको छ। यसको रिटर्न अन इक्विटी (आरओई) ३२ प्रतिशत रहेको छ। –एजेन्सी

















