IME Life New

वर्ष २०२३ मा पार्टनररिको उत्कृष्ट प्रदर्शन, ९%ले बढ्यो खुद बीमाशुल्क आर्जन, आरओई ३२%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बर्मुडामा रहेको पुनर्बीमा कम्पनी पार्टनररि लिमिटेडले वर्ष २०२३ मा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। यो वर्ष कम्पनीले कुल बीमाशुल्क आर्जन बढेर ९.१ अर्ब डलर पुगेको छ। अघिल्लो वर्ष कुल बीमाशुल्क आर्जन ८.७ प्रतिशत थियो।

त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर ७.९ अर्ब डलर पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ७.६ अर्ब डलर कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको खुद बीमाशुलक आर्जन अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत बढेको छ। जसमा निर्जीवन बीमा व्यवसायतर्फको खुद बीमाशुल्क आर्जन ४ प्रतिशतले मात्र बढेको छ भने जीवन बीमातर्फको व्यवसायमा २६ प्रतिशतले बढेको छ।

Esewa
Crest

कम्पनीको खुद लगानी आम्दानी पनि बढेर ६४ करोड ७७ लाख डलर भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड ८० लाख डलरले बढी हो।

कम्पनीको निर्जीवन बीमा व्यवसायतर्फको अन्डराइटिङ १ अर्ब ७ करोड १० लाख डलर रहेको छ। जुन एकीकृत रेसियोको ८१.६ प्रतिशत हो। सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्न सकिने खुद आम्दानी २ अर्ब ३० करोड ८० लाख डलर रहेको छ। यसको रिटर्न अन इक्विटी (आरओई) ३२ प्रतिशत रहेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS