IME Life New

वर्ष २०२२ : शेयर लगानीकर्ताले भुल्न चाहेको र अन्त्यमा आशावादी बनाएको वर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२२ले शेयर लगानीकर्ताको लागि त्यति खुशी दिन सकेन । वर्ष २०२२ मा नेप्से परिसूचक करिव ५००अंकले घटेको छ । वर्ष २०२१ सकिँदा नेप्से परिसूचक २५२४ दशमलव ५० विन्दुमा हुँदा वर्ष २०२२ सकिँदा नेप्से परिसूचक २०२९ दशमलव ०३ विन्दुमा बन्द भएको छ। यो एक वर्षको अवधिमा नेप्से परिसूचक ४९५ दशमलव ४७ अंक घटेको छ । प्रतिशतमा यो गिरावट १९ दशमलव ६३ प्रतिशत हो ।

Esewa
Crest

कति घट्यो बजार पूँजीकरण ?
कुल बजार पूँजीकरणको आधारमा हेर्दा यो वर्ष लगानीकर्ताको सम्पत्तिको मूल्य ६ खर्ब ३२ अर्बले घटेको छ । वर्ष २०२१ सकिँदा कुल बजार पुँजीकरण ३५ खर्ब ६७ अर्ब हुँदा वर्ष २०२२ सकिँदा कुल बजार पूँजीकरण २९ खर्ब ३४ अर्बमा झरेको छ ।

कुन समूहका लगानीकर्ताले सर्वाधिक गुमाए ?
वर्ष २०२२ मा सर्वाधिक गुमाउनेमा जीवन बीमा समुहका लगानीकर्ता छन् । वर्ष २०२२ मा जीवन बीमा परिसूचक २९ प्रतिशतले घटेको छ । त्यस्तै दोश्रोमा निर्जीवन बीमा परिसूचक २८ प्रतिशत र तेश्रोमा व्यापार परिसूचक २५ प्रतिशतले घटेको छ । कारोवारमा आएका १३ वटै परिसूचक घटेका छन् । सबै भन्दा कम घटेको परिसूचक होटल तथा पर्यटन हो । होटल तथा पर्यटन वर्ष २०२२ मा ५ प्रतिशतले मात्र घटेको छ ।

उच्च र न्यून विन्दु :
वर्ष २०२२ मा जनवरी १७ मा नेप्सेले उच्च विन्दु २९४७ मा बन्द भएको थियो भने सेप्टेम्बर २५  मा वर्ष दिनकै न्यून विन्दु १८१५ मा बन्द भएको थियो ।

२४२ दिन कारोवार :
वर्ष २०२२ मा २४२ दिन शेयर कारोवार भएको थियो । २४२ कारोवार दिनमा ५ खर्ब ५८ अर्बको शेयर कारोवार भएको थियो । औसतमा दैनिक २ अर्ब ३० करोडको शेयर कारोवार भएको देखिन्छ ।

अन्तिम साताले देखायो उत्साह :
विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएसंगै शेयर बजारमा लगानीकर्ता मनोविज्ञान एकाएक मजबुत भएको छ । सन् २०२२ को अन्तिम साता नेप्से परिसूचक १६१ अंक भन्दा धेरैले वृद्धि भएको छ । जसले गर्दा वर्ष २०२२ को अन्त्यले लगानीकर्तालाइ आशावादी बनाएको छ । अघिल्लो सात १८६७ को विन्दुमा बन्द भएको बजार गत सात २०२९ विन्दुमा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS