IME Life New

वर्षदिनमै दुईवटा हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरले भित्र्यायो दोश्रो हेलिकप्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकै वर्षमा दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि उडान लाइसेन्स निलम्बनमा परेको मनाङ एयरले नयाँ हेलिकप्टर भित्र्याएको छ। मनाङ एयरले नाइएन एओजे (9N-AOJ) दर्ता संकेत भएको दोस्रो एयरबस हेलिकप्टर भित्र्याएको हो ।

यो सँगै मनाङसँग हेलिकप्टरको संख्या दुई पुगेको छ। यसअघि २०८० चैत्र ७ गते (मार्च २०२४), मनाङ एयरले आफ्नो फ्लीटमा नाइनएन एओइ (9N-AOE) दर्ता नम्बरको हेलिकप्टर भित्र्यायो । एयरबस एच१२५ मोडेलको हेलिकप्टर भित्र्याएर पुनः सेवा शुरू गरेको थियो ।

Esewa
Crest

मनाङ एयरले २०८० साल २६ असार र २६ असोजमा(तीन महिनाको अन्तरमै) मनाङ एयरको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि नागरिक उड्ययन प्राधिकरणले इजाजत पत्र निलम्बन गरेको थियो ।

नेपालको आकाशमा हेलिकप्टरको उडान खासै सुरक्षित मानिदैन । जोखिमपूर्ण पहाडी खोंच र माैसमी प्रतिकूलताका कारण हेलिकप्टरको उडान सधैं जोखिमपूर्ण नै हुन्छ। नेपालको हेलिकप्टर उडान सेवा प्रदायकमध्ये दुर्घटनाकै कारण पटक पटक मनाङ एयरको इजाजत पत्र निलम्बन र फुकुवा भएको छ।

गत वर्ष ३ महिनाको अवधिमा आफ्ना हेलिकप्टर एन-एएमभी र नाइन एन-एएनजे बेग्लाबेग्लै दुर्घटनामा परेपछि कम्पनी जहाज विहीन बनेको थियो । पुराना विमान खरिद गर्ने गरिएको भन्दै नेपाली वायू सेवा प्रदायकको आलोचना हुँदै आएकोमा यसपटक सिधै फ्रान्सको एयर बस हेलिकप्टर कारखानाबाट हेलिकप्टर खरिद गरेको हो।

यस्तो छ इजाजत निलम्बन र फुकुवाको इतिहासः

सन् १९९७ मा हेलिकप्टर उडान सेवा सञ्चालनको इजाजत पाएको मनाङ एयरको  इजाजत पत्र पहिलो पटक सन् २००९ (वि स २०६६ साल) मा निलम्बन गरिएको थियो । सन् २००९ सम्म कम्पनीले दुई थान ‘एमआई–१७’ मोडेलको हेलिकप्टरमध्ये एउटा हेलिकप्टर दुर्घटनामा परेपछि बाँकी रहेको ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले श्री एयरलाई बिक्री गर्दै सेवा बन्द गरेको थियो ।

प्राधिकरणले उडानमा रोक लगाएको ५ वर्षपछि सन् २०१४ बाट तीन थान एयरबस ३५० बिथ्री–ई सिरिजको हेलिकोप्टर ल्याएर पुनः उडान शुरू  गर्‍यो।

यही क्रममा अर्को एउटा हेलिकप्टर दुर्घटनापछि उड्ययन प्राधिकरणले २०१८ मा पुनः मनाङ एयरको उडानमा रोक लगायो । यतिबेला २०७५ को साउन २९ गते हुम्लाको हिस्लास्थित हेलिप्याडमा अवतरण गरेको हेलिकोप्टरको पछाडिको पंखा लागेर एक भारतीयको मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS