IME Life New

वर्ल्ड कप थिमसहित बिजबजारको कार्तिक महिनाको बिज सुरु, ७४% सम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा बिज नामक क्याम्पेन अन्तर्गतको कार्तिक महिनाको Campaign WORLD CUP को THEME सहित कार्तिक १९ गते राती १२ बजे देखि २० गते सम्म live गर्ने भएको छ।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको WINTER READY HOME योजनामा ७४ प्रतिशत सम्म, WORLD CUP KO CRAZE योजनामा ६४ प्रतिशत सम्म, KEEP IT WARM योजनामा ६३ प्रतिशत सम्म र WINTER BEAUTY ESSENTIALS योजनामा ३७ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै आज सामान अर्डर गर्ने सेवाग्राहीहरूका लागि कम्पनीले डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पनि प्रदान गरेको जनाएको छ।

Esewa
Crest

यही कार्तिक २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि राति ८ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ। २० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np  टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS