IME Life New

वर्ल्ड कपलाई लक्षित गरी शाओमीले ल्यायो आकर्षक अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन र टि.भि.कम्पनी शाओमीले वर्ल्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्नेछन् । यस अफर मंसिर ४ गते देखि पौष ३ गतेसम्म लागु हुनेछ ।

यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ रुपैयाँ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् ।

Esewa
Crest

त्यस्तै अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ रुपैयाँ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागि हुनको लागि टिभिमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभिको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “फिफा वल्र्डकप समस्त फुटबल प्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो । वल्र्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन् । यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ । वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS