IME Life New

ल्याप्स बीमा पोलिसी पुनः खोलिदिने बहानामा लाखौँ ठगी, बैंकर दम्पती पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बन्द बीमा पोलिसी खोलिदिने बहानामा लाखौँ ठगी गर्ने बहानामा बैंकर दम्पती पक्राउ परेका छन्।

भारतको उत्तर प्रदेश प्रहरीको कानपुर साइबर क्राइम ब्रान्चको टोलीले बन्द बीमा पोलिसी पुनः सुचारु गराइदिने बहानामा थुप्रै मानिससँग लाखौँ रकम ठगी गरेको आरोपमा एक दम्पतीलाई ग्रेटर नोयडाबाट पक्राउ गरेको हो। पक्राउ परेका दम्पती दुवै नोएडास्थित निजी बैंकहरुमा म्यानेजर रहेका छन्।

Esewa
Crest

प्रहरीले टोलीले पक्राउ परेका दुवैजनाको बैंक खातामा रहेको साढे ११ लाख रुपैयाँ फ्रिज गरेको छ। यसका साथै उनीहरुबाट बरामद ५ लाख रुपैयाँको गरगहना, १ लाख रुपैयाँ नगद, ८ वटा फोन, स्वाप मेसिन र क्रेडा गाडी प्रहरीले जफत गरेको छ। प्रहरी अनुसन्धानबाट ती दम्पतीले जस्ट डायल साइटबाट डाटा किनेर बीमा पोलिसी बन्द भएका मानिसहरुलाई ठगी गर्दै आएका थिए।

पक्राउ पर्नेमा पवन कुमार र उनी पत्नी रेणु रहेका छन्। उनीहरु हाल ग्रेटर नोएडास्थित अक्सी होम्स जीआर गार्डन–२ मा बसोबास गर्दै आएका थिए। पवन इन्डसइन्ड बैंकमा र रेणु रत्नाकर बैंकमा म्यानेजर छन्। उनीहरुले गत अक्टोबरमा लालबंगलानिवारी लेदर कारोबारी मोहम्मद इस्माइलबाट ल्याप्स पोलिसी फेरि सुचारु गरिदिने बहानामा ४१ लाख रुपैयाँ ठगेको उजुरी प्रहरीकोमा पुगेको यो घटना सार्वजनिक भएको हो।

यो दम्पतीले राजस्थान र गुजरातका मानिसलाई त्यही बहानामा लाखौँ रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पवन र रेणुले सन् २०१९ मा प्रेम विवाह गरेका थिए। त्यसपछि उनीहरुले कपडाको कारोबार सुरु गरे तर सफल भएनन्। कपडाको कारोबारमा ४० लाख रुपैयाँ घाटा भयो। त्यसपछि ऋण पनि चुलियो। त्यही ऋणबाट बाहिरिन पवन र रेणुले यो ठगीधन्दा सुरु गरेको प्रहरीले जनाएको छ।

हाल दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS