IME Life New

गुराँस लघुवित्तले डाक्यो आठौं वार्षिक साधारणसभा, यस्ता छन् ७ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १८ गते, आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा भेडेटार भिलेज रिसोर्ट, साँगुरीगढी गाउँपालिका ६ भेडेटार, धनकुटामा बिहान ११ बजे शुरु हुने संस्थाले जनाएको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

साथै, सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीहरो तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमावलीको नियम २९, २९(१), २९(२) र ३० मा संशोधन स्वीकृत गर्ने , उपरोक्त विशेष प्रस्ताव उपर नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानुनको अधिनमा रही यस वित्तीय संस्थाको नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यसैगरी सभामा गुराँस लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS