IME Life New

लुम्बिनी विकास बैंकको एकै साथ पाँच शाखा कार्यालय संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले आज मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३औँ शाखाको रुपमा काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं,७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला,तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही,७५औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४,बर्दघाट शाखा नवलपरासी, ७६औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराहीउप – महानगरपालिका वडा नं. १५ बि.पि.चोक स्थित घोराही शाखा दाङ्ग र ७७औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोक स्थित कोहलपुर शाखा रहेका छन् ।

यस बिकास बैंकको नयाँ बानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका हुन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाकाउप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गरे । मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गरे ।

Esewa
Crest

त्यस्तै, घोराही शाखाको उद्घाटन घोराहीउप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरे । साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिजालले सयुंक्त रुपमा गरे ।

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS