IME Life New

लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई गरायो ४ बुँदे प्रतिवद्धता, उधारो र नगद फिर्ता बन्द गराउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले प्रदेश अन्तर्गतका निर्जीवन बीमा कम्पनीहरुको प्रादेशिक प्रमुखहरु सँग चार बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएको छ । प्रदेश प्रमुख पुर्ण बहादुर थापाले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुको लुम्बिनी प्रदेश प्रमुखहरुलाई प्रादेशिक कार्यालयमै कार्यक्रम आयोजना गरी बीमा क्षेत्रका विक्रितीका विषयमा छलफल गरेका थिए ।

छलफल पश्चात थापाले प्रादेशिक प्रमुखहरुलाई नगद फिर्ता गर्ने काम रोक्न निर्देशन दिनुका साथै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेशमा स्थापित सम्पुर्ण कम्पनीहरुले एउटा स्थानीय पालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गर्नै पर्ने भएको छ ।

Esewa
Crest

बीमा कम्पनीहरुलाई उधारो बीमा पुर्ण रुपमा रोक्न निर्देशन दिइएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशन अनुरुप नै प्रादेशिक कार्यालयले कम्पनीहरुलाई उधारोमा बीमा पोलिसी बिक्री गर्न पुर्ण रुपमा रोक लगाएको हो ।

बीमा प्राधिकरणले जारी गरेका बीमा पोलिसी अन्तर्गतका बीमा दरलाई पुर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ । कम्पनीहरुले प्राधिकरणले दिएका निर्देशन पालनका लागि प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन् ।

१. स्थानीय तहसँग अन्तर्क्रिया कार्यक्रम

बीमकले कुनै एउटा स्थानिय तह वडा कार्यक्रय टोल समुदायमा कार्यक्रम गर्नुपर्ने र कार्यक्रम गर्दा बीमा प्राधिकरणको एक जना प्रतिनिधिको रोहवरमा गर्नुको साथै सो कार्यक्रमको प्रतिवेदन सात दिन भित्र प्राधिकरणको प्रदेश कार्यालयमा अनिवार्य रुपमा पेश गर्ने निर्णय भएको छ ।

२. उधारो बीमा

बीमा ऐन २०७० को दफा ६४ को उपदफा २ को व्यवस्था बमोजिम पुरा बीमा शुल्क प्राप्त भएपश्चात बीमालेख जारी गर्नु पर्ने व्यवस्थालाई पुर्ण रुपमा पलना गर्नु पर्ने निर्णय गरिएको छ ।

३. दररेट सम्बन्धमा

बीमा ऐन २०७९ को दफा ६४ को उपदफा एकको व्यवस्था बमोजिम प्राधिकरणको विभिन्न समयमा जारी गरिएको निर्देशिका तथा निर्देशिकाले तोकिए बमोजिमका दररेटलाई पुर्ण रुपमा पालना गर्ने निर्णय गरिएको छ ।

४. नगद फिर्ता

बीमकले व्यवसाय लिए बापत नगद जिन्सी तथा अन्य कुनै पनि माध्यमबाट सम्बन्धित बीमितलाई प्रभाव पार्ने खालका प्रचलनले कम्पनीको नाफा लगायत अस्वस्थ प्रतिस्पर्धा हुन गएकोले सो कार्यलाई रोक्नको लागि बीमकका प्रदेश प्रमुखहरु विचमा सहमति भएको छ । प्रस्तुत कार्यलाई रोक्न सबैले निर्णय गरेका छन् ।

निर्जीवन बीमा कम्पनीका लुम्बिनी प्रदेश प्रमुखरुको उपस्थितिमा प्रस्तुत चार बुँदे निर्णय गरिएको प्राधिकरणका प्रादेशिक प्रमुख थापाले जानकारी दिए । नेपाल बीमा प्राधिकरणले कम्पनीहरु सँग नियमित रुपमा अन्तर्क्रिया तथा छलफल आयोजना गर्दै आइरहेको छ ।

प्राधिकरणले स्थानीय निकायहरु सँग बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल आयोजना गर्दै आएकोमा अवदेखि बीमा कम्पनीहरुलाई पनि बाध्य बनाइएको छ । यसले बीमा सम्बन्धी जनचेतबृद्धि हुने प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणले काठमाडौंबाट मात्रै सेवा प्रवाह गर्दै आएकोमा गत वर्षदेखि प्रादेशिक कार्यालय खोल्न सुरु गरेको थियो । पछिल्लो समय सम्पुर्ण प्रादेशिक कार्यालयले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । यस्तो कार्यले बीमा प्राधिकरणको पनि प्रभावकारीता बढाइरहेको छ ।

प्राधिकरणले केन्द्रिय कार्यालयमा मात्रै नियमन तथा सुपरीवेक्षण गर्दै आएकोमा अवदेखि प्रादेशिक कार्यालयमा पनि गरिरहेको छ । बीमा कम्पनीका तल्लो तहका कर्मचारीले गरेका गल्तिमा पनि कम्पनी सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई मात्रै कारबाहीको व्यवस्था गर्दै आएकोमा अवदेखि शाखा कार्यालयमा बसेर कानुनको उल्लङ्घन गर्नेलाई पनि कारबाही गर्ने नीति लिएको छ । यस्तो कार्यका लागि पनि प्रादेशिक कार्यालयको आवस्यकता तथा महत्व बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS