IME Life New

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका थिए ।

कम्पनीले जारी पूँजी तीन अर्ब बाह्र करोड पचास लाख पुँजी मध्ये बीस प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२,५०,००० कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरले शेयरको मूल्य बैसठ्ठी करोड पचास लाख रुपैयाँको शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो ।

Esewa
Crest

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS