IME Life New

लाभांश र एफपीओ निष्काशनको प्रस्ताव सहित नेशनल लघुवित्तले डाक्यो चैत १६ गते एजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा चैत १६ गते, शुक्रबार आब्हान गरेको छ । उक्त सभा धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नुमोदन गर्नुका साथै, एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS