IME Life New

लाभांश प्रस्ताव गरेका तर बुक क्लोज हुन बाँकी कम्पनीहरु (सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्षको समाप्तिसंगै नेप्सेमा सुचिकृत कम्पनीहरुले आ.व. २०७५।७६को लाभांश  प्रस्ताव गर्ने क्रम बढ्दै छ । लाभांश प्रस्ताव गर्ने कम्पनीहरु मध्ये केहीको बुक क्लोज भैसकेको अवस्था छ भने ४४ कम्पनीहरुको बुक क्लोज मिति अझै आउँन बाँकी छ।

मेगा बैंकको बुक क्लोज मिति तय भएको छ । कात्तिक २९ गते हुने बार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते सम्म बुक क्लोज हुने भएको छ। कात्तिक १४ गते सम्म कायम शेयरधनीले ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पाउने छन्।

Esewa
Crest

त्यस्तै बोटलर्स नेपाल तराईको बुक क्लोज मिति तय भएको छ। कात्तिक २८ गते हुने साधारण सभा प्रयोजनाका लागिे कार्तिक १४ गते देखि कार्तिक २८ गते सम्म बुक क्लोज हुने भएको छ। कार्तिक १३ गते सम्म कायम शेयरधनीले ४० प्रतिशत नगद लाभांश पाउने छन्।

४४ कम्पनीहरुमध्ये ३३ लघुवित्त कम्पनीहरुले लाभांश प्रस्ताव गरेर बुक क्लोजको मिति तय गर्न बाँकी छ । त्यस्तै ७ वटा बाणिज्य बैंक, २ वटा फाइनान्स, एउटा विकास बैंक र  बोटलर्स नेपालले बुक क्लोजको मिति तय गर्न बाँकी रहेको छ ।

आर्थिक वर्ष २०७५।७६ मा लाभांश घोषणा गर्ने कम्पनीहरुमा सबैभन्दा बढी लाभांश दिने कम्पनी नेशनल माईक्रोफाइनान्स रहेको छ । कम्पनीले ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

लाभांश प्रस्ताव गरि बुक क्लोज हुन बाँकी कम्पनीहरु :

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS