IME Life New

लाभांश पारित सहित सिटिजन्स बैंकको एजिएम सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी विधुतीय माध्यम सम्पन्न भएको हो।

उक्त साधारणसभाले आर्थिक बर्ष २०७७/०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको ल्ँच्क् बमोजिम तयार गरिएको वासलात, आर्थिक बर्ष २०७७/०७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृतवित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको हो।

Esewa
Crest

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १२ दशमलव ९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१ बराबरको बोनश शेयर वितरण गर्ने र ३ दशमलव ०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७।२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बोनस शेयर वितरण पछि बैककोे चुँत्ता पुजी १४ अर्ब २० करोड पुगेको छ।  साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र श्री विजय ध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS