IME Life New

लाभांश पारित सहित समता घरेलुको एजिएम सम्पन्न, ६ जना सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काभ्रपेलाञ्चोक केन्द्रीय कार्यालय रहेको राष्ट्रि यस्तरको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मिराबेल रिसोर्ट एण्ड होटेल,धुलिखेलमा आफ्नो आठौँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष डम्मर मणि थेवे लिम्वुको सभाध्यक्षमा सम्पन्न गरेको हो ।

आन्तरिक राजस्वकार्यालय, धुलिखेलको प्रमुख कर अधिकृत कमलबहादुर राजलवटको प्रमुख आतिथ्यतामा संचालित सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमतथा बजेट पारित गर्नुको साथै शेयरधनीहरुको लागि कुल चुक्ता पुँजी रु. २८,५६,२०,१६० रुपैयाँको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय पारित गरेको छ ।

Esewa
Crest

सभाले प्रवन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक ः सर्वसाधारण) कायम हुने गरी सर्वसाधारणको लागि पुनः शेयर एफपिओ २,४१,२०० कित्ता शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी आगामी चार वर्षको लागि संस्थापक समुहबाट ४ जना निर्वाचन प्रक्रिया सर्वसाधारण समुहबाट २ जना निर्विरोध जम्मा ६ जना सञ्चालकहरु समेत सभाद्धारा निर्वाचित भई पौष ०७ गते नै बसेको सञ्चालक समितिको बैठकबाट निर्वाचित सञ्चालकहरु मध्येबाट संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक डम्मर मणि थेवे लिम्बुलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गर्ने निर्णय भएको हो ।

साथै उक्त बैठकले स्वतन्त्र सञ्चालकको रुपमाश्री निरंजन पराजुलीलाई नियुक्तिगर्ने निर्णय भएअनुसार वित्तीय संस्थाको सञ्चालक समितिमा डम्मर मणि थेबे लिम्बु अध्यक्ष (संस्थापक),राजेश्वर प्रसाद आचार्य सञ्चालक (संस्थापक), हरि बहादुर भण्डारी सञ्चालक (संस्थापक), विश्वराम खड्का सञ्चालक (संस्थापक), भक्तराम खड्का सञ्चालक (सर्वसाधारण), अनुपा ओझा सञ्चालक (सर्वसाधारण), निरंजन पराजुली सञ्चालक (स्वतन्त्र) मा गठन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS