IME Life New

लाभांश पारित गर्न गरिमा विकास बैंकले बोलायो चैत्र १८ गते एजिएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले चैत्र १८ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा गर्ने जनाएको छ ।

बैंक आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनशमा लाग्ने कर आफैले तिर्नु पर्ने छ ।

Esewa
Crest

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गरिमा विकास बैंक लिमिटेड तथा साविक सहारा विकास बैंक लिमिटेडको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम गरिमा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न तथा साविक सहारा विकास बैंक लिमिटेडको मिति २०७८/०७/२७ गते सम्मको वित्तीय विवरण प्रमाणित गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, विशेष प्रस्ताव नं (१) र (२) पारित भए बमोजिम हुने गरी विकास बैंकको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभाले गरिमा विकास बैंक लिमिटेड र अन्य ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा गरिमा विकास बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्था संग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले विकास बैंकको प्रवन्धपत्रमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS