IME Life New

लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्छः सांसद चौधरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने लघुवित्तको विकल्प नभएको जिकीर गर्दै सांसद चौधरीले लघुवित्त क्षेत्रमा भित्रिएका विक्रितिको अन्त्य गर्दै जानुपर्नेमा जोड दिएकी हुन् ।

आइतबार चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समापन समारोहमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी चौधरीले अझैपनि ६० लाख जनता गरिबीको रेखामुनी रहेकोले उनीहरुको आर्थिक उत्थानका लागि लघुवित्त संस्थाहरुको योगदान महत्वपूर्ण रहने बताइन् । ‘अझैपनि २०।२७ प्रतिशत अर्थात ६० लाखको हाराहारीमा गरिबीको रेखामुनी जनता रहेको देखिन्छ । अहिले लघुवित्तले ५९ लाख सदस्यहरुलाई सेवा दिइरहेको छ । उनीहरुको आर्थिक उत्थानका लागि पनि लघुवित्त कार्यक्रमको भूमिका रहनुपर्छ ।’ लघुवित्त कार्यक्रमकै कारण दूरदराजमा रहेका महिलाहरु आर्थिक सवलीकरणमा जोडिएको भन्दै चौधरीले भनिन् ।

Esewa
Crest

नेपालको लघुवित्त सम्बन्धी छुट्टै कानुन नहुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संघ संस्थालाई हेर्ने बाफिया एक्ट अनुसार व्यवहार गर्दा लघुवित्त क्षेत्रमा समस्याहरु उत्पन्न भएको भन्दै चौधरीले लघुवित्तको अवधारणा अनुसार लघुवित्त चल्न नसकेको पनि जिकीर गरिन् । लघुवित्तको मूलमर्म अनुसार वित्तीय कारोबार सँगै सामाजिक कार्यहरुलाई अगाडी बढाउनु पर्नेमा बाफिया एक्टका कारण लघुवित्त संस्थाहरु बढी मुनाफामुखी हुँदा समस्या देखिएको भन्दै सांसद चौधरीले भनिन्,‘गरिबीको रेखामुनी रहेकोहरुलाई सेवा दिनकोलागि लघुवित्त स्थापना गरिएको हो तर, बैंक तथा वित्तीय संस्था अन्तरगतको बाफिया एक्ट ल्याइयो ।

त्यसको आधारमा आउँदा लघुवित्त सञ्चालकहरुले सोसल क्रेडिटको काम, तालिमहरु गर्नुपर्नेमा बाफिया एक्ट आएपनि सामाजिक कार्यहरु छायाँमा परेर गए । सञ्चालकहरुले मुनाफा मुनाफा मुनाफा मात्रै खोजे त्यसले समस्या निम्त्यायो ।’ आफुले ११ वर्ष अगाडी नै राष्ट्र बैंकलाई हाम्रो जस्तो सानो मुलुकमा बढीमा २५ वटा लघुवित्त भएपुग्ने भन्दै धेरै लघुवित्त खोल्न नहुने सल्लाह दिएको भन्दै चौधरीले बढी लघुवित्त संस्थाहरु भएपछि एउटा लघुवित्तको कर्जा तिर्न अर्को लघुवित्तबाट कर्जा लिने कार्य भइरहेको बताइन् । ‘इन्भेष्टरहरुको उद्देश्य हुन्छ मुनाफा, मुनाफा मुनाफा । यसले सोसल क्रेडिट, सोसल कार्यहरु, तालिम भ्रमणहरु हराए ।

अहिले इण्डष्ट्री नै धरासायी भएर जानुमा यही मुख्य कारण हो ।’ सदस्यहरुले पनि जथाभावी कर्जा लिँदा र लघुवित्तकर्मीहरुले पनि कर्जाको विष्लेषण नगरी तार्गेट पुरा गर्न एउटैलाई १० वटासम्मले ऋण दिँदा समस्या निम्तिएको भन्दै चौधरीले गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर सुधार्न लघुवित्तहरुले उद्देश्य अनुसार काम गर्नुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय लघुवित्त र बैंकहरुमाथि मणिराम ज्ञवाली र दुर्गा प्रसाईं जस्ताले पटकपटक आक्रमण गरिरहँदा राज्य टुलुटुलु हेरेर बसिरहेको चौधरीले उल्लेख गरिन् । ‘मणिराम ज्ञवालीहरुको संघर्ष समितिले गाउँगाउँमा २ हजार ३ हजार उठाउँदै लघुवित्तहरुको ऋण तिर्नुपर्दैन भनिरहेका छन् । दुर्गा प्रसाईंहरुले २० लाख ऋण लिनेलाई ऋण तिर्नु पर्दैन भनेर भाषण गरिरहँदा सरकार टुलुटुलु हेरेर बसिरहेको छ । नियमन निकाय नेपाल सरकारले नियन्त्रण गर्दैपर्छ ।’ चौधरीले भनिन् । साथै, उनले एकाध संस्था र व्यक्तिहरुले लघुवित्त र बैंकको उद्देश्य काम नगरेकोमा सबैलाई दोष दिएर समग्र क्षेत्रलाई नै सिध्याउने कार्य गर्नु गलत रहेको जिकीर गर्दै गलत गर्ने संस्था र व्यक्तिहरुलाई कारवाही हुनैपर्ने बताइन् ।

चौधरीले लघुवित्तकर्मीहरुलाई पनि सच्चिएर सदस्यहरुलाई बढी सेवा र सहयोग गर्नेमा जानुपर्नेमा जोड दिइन् । आफ्ना सदस्यहरुलाई बढीभन्दा बढी सेवा दिने, उनीहरुको व्यवसायलाई प्रवद्र्धन गर्ने, सीप भएकालाई प्रोत्साहन गर्ने कार्य गरे लघुवित्तको उद्देश्य पुरा हुने उनले बताइन् । नेपालको लघुवित्त क्षेत्रमा अध्ययन अनुसन्धानका कार्यहरु एकेडेमिक क्षेत्रबाट नभएको चौधरीले बताइन् ।

‘लघुवित्त क्षेत्रले गरेका राम्रा कामहरु, गरिबी न्यूनिकरणको काम, वित्तीय साक्षरताको काम, टीम विल्डिङको काम, नेतृत्व विकासको कामहरुका बारेमा एकेडेमिक क्षेत्रबाट, मिडियाको क्षेत्रबाट र प्राज्ञिक क्षेत्रबाट पनि अध्ययन गर्नुपर्छ । आफ्नै देशमा केही गरेर खानेहरुलाई प्रोत्साहन गर्न सबै लाग्नुपर्छ ।’ नेपालको विकासमा खासगरी गरिबीको रेखामुनी रहेका समुदायको उत्थानमा लघुवित्त मार्फत धेरै काम गर्न सकिने भएकोले देखिएका समस्याहरुलाई समाधान गर्दै जानुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS