IME Life New

लघुवित्तमा अब अलग्गै ग्राहक संरक्षण कोष, जम्मा भएको रकम यी काममा उपयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले अब अलग्गै ग्राहक संरक्षण कोष खडा गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘सञ्चालन मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो। मार्गदर्शनअनुसार अब लघुवित्त संस्थाहरुले ऋणीहरुको हितमा खर्च गर्ने गरी अलग्गै ग्राहक संरक्षण कोष खडा गर्नुपर्नेछ। संस्थाले त्यस्तो कोष सञ्चालनसम्बन्धी कार्यविधि पनि तयार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

Esewa
Crest

कोषमा जम्मा भएको रकम यी काममा उपयोग गर्नुपर्ने

  • सम्पूर्ण ऋणीहरुको व्यवसाय सञ्चालन सीप जस्तै– लेखा राख्ने, वित्तीय विश्लेषण गर्ने तालिममा हुने खर्च,
  • उद्यमशीलता विकाससम्बन्धी कार्यक्रममा हुने खर्च,
  • समस्यामा परेका ऋणीहरुको पुनर्स्थापनाका लागि सहुलियत ब्याजदरको कर्जा,
  • ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता (सुत्केरी स्याहार, औषधोपचार, काजकिरिया, शिशु स्याहारजस्ता) खर्च,
  • प्राकृतिक प्रकोप, सरुवा रोगबाट सृजित महामारीको अवस्थामा दिइने सहयोग,
  • सदस्यहरुका बालबालिकाको भविष्यका लागि छात्रवृत्ति एवं पाठ्यसामग्री प्रदान गर्दा हुने खर्च,
  • सदस्यहरुको नियमित स्वास्थ्य जाँचका लागि हेल्थ क्याम्प सञ्चालन, नजिकको स्वास्थ्यचौकीहरुमा स्वास्थ्य उपकरणहरुको खरिदका लागि हुने खर्च,
  • वातावरणीय संरक्षण जस्तै– वृक्षरोपणजस्ता कार्यमा हुने खर्च,
  • मार्गदर्शनअनुसार लघुवित्त संस्थाले कोषको लेखापरीक्षण प्रतिवेदन तथा वार्षिक कार्य सम्पादन प्रतिवेदन तयार गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS