IME Life New

लगानीकर्ताले अर्थमन्त्री महतलाई दिए अल्पकालिन र दीर्घकालिन सुझाव, कार्यन्वयन गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूँजीबजार फोरम, नेपाल उद्योग बाणिज्य महासंघले अर्थमन्त्री डा. रामशरण महतलाई १५ बुँदे सुझाव प्रस्तुत गरेको छ । फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल सहितका लगानीकर्ताले महतलाई भेटेरै पूँजी बजारको विषयमा ब्रिफिङ गरेका छन् ।

अर्थतन्त्रलाई सकारात्मक बनाउनु पर्ने भएकाले यसमा पूँजी बजारको भुमिका हुने भन्दै अर्थमन्त्री महतले यसको सुधार आवस्यक पर्ने बताएका छन् । यसका लागि सबै पक्षहरु सँग छलफल गरिने बताएका छन् । बजारमा जे आवस्यक छ त्यहि गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । पूँजी बजारमा साना साना लगानीकर्ताको पनि सहभागिता रहेको हुँदा उनिहरुको सन्टिमेन्टलाई समेत मध्यनजर गरेर आवस्यक पहल गर्ने जनाएका छन् । यसका लागि सबै पक्षहरुको सहयोगको आवस्यकता रहेको उनले बताए । र उनले आगामी दिनमा पनि लगानीकर्ताहरु सँग आवस्यक अन्तर्क्रिया गरेर अगाडी बढ्ने बताएका छन् ।

Esewa
Crest

पौडेल सँगै ब्रोकर एसोसिएसन, मर्चेन्ट बैंकर र लगानीकर्ताको उपस्थित थियो । महतले लगानीकर्ताको मागलाई संबोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । पूँजीबजार फोरमले अर्थमन्त्रालय मार्फत यस भन्दा अगाडी बनेका विभिन्न कार्यदल तथा सुझाव समितिले पेश गरेका सुझावको कार्यान्वयन गर्न सुझाएको छ । त्यस्तै अहलेको परिस्थतिमा पूँजी बजारको थप अध्ययन गर्न आवस्यक देखिएको भन्दै फोरमले अध्ययन कार्यदल गठन गर्नु पर्ने सुझाव पत्रमा उल्लेख गरिएको छ ।

हाल बैंक वित्तीय संस्थाको पूँजीकोषको ४० प्रतिशत मात्रै शेयर बजारमा लगानी गर्न पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत पूँजी बजारमा लगानी गर्न पाउने व्यवस्था गर्नका लागि राष्ट्र बैंकलाई सुझाउन अर्थमन्त्री महतलाई सुझाव दिइएको छ ।

बैंक वित्तीय संस्थाले क्रस होल्डिङ नहुने गरी लगानी गर्न पाउने पर्ने व्यवस्थाका लागि मन्त्रालयमा सुझाव दिइएको छ । शेयरधितोकर्जाको १२ करोडको सिमालाई हटाउनका लागि पहल गर्न समेत भनिएको छ । लगानीकर्ताले अहिलेकै ब्रोकरका शाखा र एजेन्ट मार्फत ७७ वटै जिल्लामा ब्रोकर सञ्जाल विस्तार गरिनु पर्ने सुझाव दिएका छन् ।

त्यस्तै क्रमिक रुपमा सुधारका लागि पनि आवस्यक सुझाव दिइएको छ । जसमा धितोपत्र कानुनमा सुधार, कर तथा करका दरमा सुधार, संस्थागत तथा नीतिगत सुधार, लागत तथा तरलता, कारोबार व्यवस्थापन, उपकरण र पुर्वधार, सूचना तथा प्रविधि, वैदेशिक लगानीकर्ता भित्र्याउनु पर्ने लगायतका सुझाव रहेका छन् ।

Capital-Market-Reform_FM

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS