IME Life New

लगातार महँगिँदै सुन, धेरै भण्डार गर्ने देश कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा मात्रै होइन अहिले विश्व बजारमा सुनको भाउ उकालो लागिरहेको छ। नेपाली र भारतीय बजारमा बजारमा भने सुनको भाउले दैनिकजसो नयाँ कीर्तिमान बनाइरहेको छ।

सुनलाई हेजका रुपमा सबैभन्दा सुरक्षित मानिन्छ। यही कारण विश्वभरका देशले सुनको भण्डारण गरेका हुन्छन्। तपाइँलाई थाहा छ संसारको सबैभन्दा धेरै सुनको भण्डार रहेको देश कुन हो ? उत्तर अमेरिका हो।

Esewa
Crest

विश्वको सबैभन्दा शक्तिशाली देश र सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको सरकारी कोषमा ८ हजार १३३ टन सुन जम्मा छ। संसारको कुनै पनि देश यस मामिलामा अमेरिकाको नजिक छैन।

यो सूचीमा दोस्रो युरोपेली देश जर्मनी हो। जर्मनीको केन्द्रीय बैंकको ट्रेजरीमा ३ हजार ३५३ टन सुन छ। सबैभन्दा धेरै सुन भण्डार भएको देशको सूचीमा इटाली तेस्रो स्थानमा छ। यो युरोपेली देशसँग २ हजार ४५२ टन सुनको भण्डार छ।

फ्रान्ससँग २ हजार ४३७ टन सुन छ र यो सूचीमा पाँचौँ स्थानमा छ। अर्को नम्बर रुस रहेको छ। रुससँग २ हजार ३३३ टन सुन छ। युक्रेनमा आक्रमण हुनुअघि रुसले अन्य देशसँग रहेको सुनको भण्डार फिर्ता गरेको थियो।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन यो सूचीमा छैटौँ नम्बरमा छ। चीनसँग २ हजार १९२ टन सुनको भण्डार छ। चीनले भर्खरै आफ्नो सुनको भण्डारमा तीव्र वृद्धि गरेको छ।

युरोपको सानो देश स्विट्जरल्यान्डमा १ हजार ४० टन सुन छ। यस सूचीमा अर्को नाम जापानको छ, जससँग ८४७ टन सुनको भण्डार छ।

त्यसो त विश्वमा सबैभन्दा बढी सुनको खपत चीनपछि भारतमा हुन्छ। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार भारतमा आममानिससँग करिब २५ हजार टन सुन छ। जुन विश्वका देशका जनतासँगको तुलनामा सबैभन्दा बढी हो। विश्वको करिब ९ देखि १० प्रतिशत सुन भारतीयको स्वामित्वमा छ। तर, सरकारी खजानामा रहेको सुनको भण्डारको हिसाबले भारत नवौँ स्थानमा छ। भारतसँग ८०१ टन सुनको भण्डार छ।

सुन भण्डारको हिसाबले भारतपछि नेदरल्यान्ड्स (६१२ टन), टर्की (४४० टन), ताइवान (४२४ टन), पोर्चुगल (३८३ टन), उज्वेकिस्तान (३७७ टन), साउदी अरब (३२३ टन) र काजाकिस्तान (३१४ टन) रहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS