IME Life New

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिकाको महाराजगन्जस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको वडा न. ८,बोडेमा स्थानान्तरण भएको छ ।

Esewa
Crest

स्थानान्तरण गरिएका साविकका महराजगन्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने छन्। स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्सटेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS