IME Life New

लक्ष्मी लघुवित्तको खराब कर्जा १०% नजिक, ब्याज आम्दानीमा संकुचन, नाफा २ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएर १० प्रतिशत नजिक पुगेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.६३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ५.७२ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले २ करोड ५३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

खराब कर्जा बढ्दा संस्थाको खुद ब्याज आम्दानी पनि १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २० करोड ३३ लाख रुपैयाँ थियो।

Esewa
Crest

अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेकोमा समीक्षा अवधिमा २ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

दोस्रो त्रैमाससम्म संस्थाको ३ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। अघिल्लो वर्ष संस्थाले यही अवधिसम्म २ करोड ४० लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

समीक्षा अवधिसम्म संस्थाले २ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ४४ करोड १६ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १.४२ प्रतिशतले बढेर २७ करोड ३८ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.५५ रुपैयाँ, पीई रेसियो ७७.७७ गुणा र प्रतिशेयर नेटवर्थ १६५.३५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS