IME Life New

लकडाउन अवधीको बीमा शुल्क असार १५ गतेभित्रै बुझाउन बीमा कम्पनीहरुको सूचना, १६ गतेदेखि जरिवना लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले घोषित रुपमा लकडाउन अन्त्य भएको घोषणा नगरेको भएपनि बीमा कम्पनीहरुको आगामी असार १५ गतेभित्र बीमा शुल्क बुझाउन सूचना जारी गर्न थालेका छन् । असार १६ गतेपछि जरिवना लाग्ने भन्दै जारी सूचनाहरु आधिकारिक भएको बीमा समितिले समेत पुष्टि गरेको छ । बीमा समितिले गत जेठ ३२ गते जारी गरेको निर्देशनमा १५ दिनभित्र लकडाउन अवधीको बीमा शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बीमा कम्पनीहरुले असार १५ गतेलाई अन्तिम मिति तोकेर सूचना जारी गरेका हुन् ।

नेपालमा सञ्चालित १९ वटै बीमा कम्पनीहरुले असार १५ गतेभित्रमा लकडाउन अवधीको बीमा शुल्क यही असार १५ गतेभित्र बुझाउन सामाजिक सञ्जालमा सूचना जारी गरेका छन् । सो मिति भन्दा ढिला भएमा जरिवना थप हुने समेत जनाएका छन् । सो आधारमा आगामी असार १६ गतेदेखि लकडाउन अवधीको बीमा शुल्क बुझाउँदा जरिवना तिर्नुपर्नेछ ।

Esewa
Crest

नेपाल सरकारले लकडाउन अन्त्यको औपचारिक घोषण गरिसकेको छैन । अझै अड्डा अदालतमा कुनै काम हुँदैन, सार्वजनिक यातायात सञ्चालन हुँदैनन् । अत्यावश्यक सेवाका लागि सरकारले निजि सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न मात्रै दिएको छ । लकडाउन खुकुलो बनाएको विषयलाई बीमा समितिले स्पष्ट पार्न नपार्दा बीमा कम्पनीहरुले यही असार १५ गतेभित्र बीमा शुल्क भुक्तानी नगरेमा जरिवना लाग्ने भन्दै सुचना जारी गरेका छन् ।
बैंकहरुले ऋणीलाई असार लकडाउन अवधीको ऋणको सावा ब्याज असार मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको भएपनि बचत गरिएको जीवन बीमाको शुल्क भने असार १५ भित्रमा भुक्तानी नगरेमा जरिवना तिर्नुपर्ने अवस्था जीवन बीमा क्षेत्रमा देखिएको छ ।

बीमा समितिका सूचना अधिकारी तथा उप निर्देशक निर्मल अधिकारीले लकडाउन खुकुलो भई दैनिक जीवन सहज भएकोले पूर्व सूचना अनुसार असार १५ गतेभित्र जीवन बीमा शुल्क बुझाउनुपर्ने मिति कायम हुन आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS