IME Life New

लकडाउनमा बन्द उद्योगले चार महिनाको बीमा शुल्कमा छुट पाउने, अघि बढ्यो प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको अगुवाईमा आज भएको सर्वपक्षिय छलफलमा झण्डै चार महिना लामो लकडाउनको मारमा परेका उद्योग तथा कलकारखानाहरुलाई ३३ प्रतिशत बीमा शुल्क छुट दिने सम्बन्धमा प्रस्तावमा लगभग सहमति भएको छ । बीमा समितिले आयोजना गरेको छलफलमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बीमक संघको सहभागिता थियो । उक्त छलफलले लकडाउनको मारमा परेका उद्योगहरुलाई बीमा शुल्कमा छुट दिने प्रारम्भिक सहमति भएको हो ।

आजको छलफलमा ३३ प्रतिशत बीमा शुल्क र हुलदंगा तथा आतंकवाद समेतको रकम सवारी बीमा झै बीमा नविकरणमा छुट दिने प्रस्ताव गरिएको बीमा समितिले जनाएको छ ।

Esewa
Crest

सो प्रस्तावमा लगभग सहमति भएको नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए । बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले आज सर्वपक्षिय छलफल भएको र कोभिड–१९ नियन्त्रणका लागि सरकारले घोषणा गरेको झण्डै चार महिना लामो लकडाउन अवधीको बीमा शुल्क छुट दिने सम्बन्धमा गरिएको छलफल सकारात्मक भएको बताए ।

यता, बीमक संघले भने सहमति भइनसकेको जनाएको छ । बैठकमा सहभागी बीमक संघका उपाध्यक्ष नूर प्रकाश प्रधानले भने, ‘सहमति भइसकेको छैन, पुनः छलफलमा बसेपछि फाइनल हुन्छ, अहिलेलाई सहमति भएको नभनौं ।’ स्रोतका अनुसार बीमक संघले आजको सर्वपक्षिय छलफलमा भने सहमति जनाएको थियो ।

बीमा समितिले गरेको प्रस्ताव अनुसार ३३ प्रतिशत छुटमा हुलदंगा तथा आतंकवाद लगायतमा दिइने छुट समेत जोड्दा कूल ३५ प्रतिशत हाराहारी हुने जनाइएको छ । यद्यपि यस्तो छुट कूल बीमालेखमा पाउने नभई चार महिनाको अवधीमा हुने बीमाशुल्क समानुपातिक रुपमा गणना गरी सोही अवधीको जम्मा शुल्कमा छुट दिन लागिएको हो ।

सो सम्बन्धमा पुनः छलफलमार्फत अन्तिम सहमति भएपछि मात्रै बीमा समितिले निर्देशिकामार्फत सम्बोधन गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS