IME Life New

लकडाउनमा एलआईसी इन्डियाले अभिकर्तालाई दियो ठूलो आर्थिक सहयोग, हामीले के सिक्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भारतको सबै भन्दा ठूलो र निकै धेरै बजार हिस्सा कायम गर्न सफल जीवन बीमा कम्पनी एलआईसी इन्डियाले कोरोना भाइरसको संक्रमणको बेला आफना अभिकर्तालाई निकै ठूलो आर्थिक सहयोग गरेको छ ।

एलआईसी इन्डियाले आफ्ना ५ वर्ष काम गरेका अभिकर्ताहरुलाई ५० हजार सम्मको शुन्य व्याजदरमा रकम उपलब्ध गराएको छ । करिव १२ लाख अभिकर्ता रहेको एलआईसी इन्डियाको यो आर्थिक सहयोगका निमित्त ६ लाख भद्ना धेरै अभिकर्ताले लाभ लिन सक्ने तथ्यांक सार्वजनिक भएको थियो ।

Esewa
Crest

५ वर्ष काम गरेका अभिकर्ताले शुन्य व्याजदरमा ५०,००० रुपैयाँ सम्म रकम प्राप्त गरेका छन् । अघिल्लो वर्ष पचास हजार वा सो भन्दा धेरै नवीकरण कमिसन प्राप्त गरेका अभिकर्ताले पचास हजार रकम प्राप्त गरेका छन् भने सो भन्दा कम नवीकरण कमिसन प्राप्तगर्नेले नवीकरण कमिसन बराबरको रकम प्राप्त गरेका छन् ।

सो रकम अभिकर्ताले दुई किस्तामा प्राप्त गरेका छन् । पहिलो किस्ता बराबरको २५,००० रुपैयाँ १५ अप्रिल वा ३० अप्रिलमा अभिकर्ताले प्राप्त गरेका छन् भने अन्तिम किस्ता मे १५ मा प्राप्त गरेका छन् ।

अभिकर्ताले प्राप्त गरेको सो रकम छिटो तिर्नु पर्ने बाध्यता छैन । अन्तिम किस्ता पाएको करिव ५ महिना पछि अर्थात अक्टोबर २०२० देखि २ वर्ष सम्म सो रकम कम्पनीले रिकभरी गर्ने छ । २ वर्षमा  २४ किस्ता गरेर सो रकम कम्पनीले रिकभरी गर्ने छ।  यसरी प्राप्त गरेको रकम अभिकर्ताले एकै पटक भुक्तानी भुक्तानी गर्नु पर्ने प्रेसर पनि परेन ।

बीमा अभिकर्ताको प्रमुख व्यापारको श्रोत भनेकै कमिसन रहेको र लकडाउनले गर्दा व्यापार गर्न नपाएको कारणले धेरै बीमा अभिकर्तालाई समस्या परेको छ । एलआईसी इन्डियाको यो कदमबाट बीमा अभिकर्ताहरु निकै खुशी भएका छन् । अप्ठेरो परेको बेला हामीलाई कम्पनीले सहयोग गरेको भन्दै धेरै बीमा अभिकर्ताहरुले आफ्नो खुशी सामाजिक संजालमा पोखेका छन् ।

भारतको सबै भन्दा ठुलो बीमा कम्पनीले अहिलेको गरेको यो सहयोगले निकट भविष्यमा निकै ठूलो फाईदा हुन् सक्ने छ।  जुन बीमा कम्पनीका अभिकर्ता खुशी छन् त्यही बीमा कम्पनीले नै हो बजारमा आक्रामक व्यापर गर्ने ।

एलआईसी इन्डियामा शत प्रतिशत भारतको सरकारको लगानी रहेको छ भने एलआईसी इन्डियाका धेरै सहायक कम्पनी छन् । अर्को वर्ष एलआईसी इन्डियाले आईपिओ निस्काशनको तयारीमा छ ।

जीवन बीमा कम्पनीको कार्यालयमा गएर खासै ग्राहकले बीमा नगर्ने भएकोले जीवन बीमा कम्पनीको मुख्य व्यापारको श्रोत र मरुदण्ड नै बीमा अभिकर्ता हुन् ।  बीमा अभिकर्ताहरु जीवन बीमा कम्पनीका स्थायी, अस्थायी वा करारका कर्मचारी होइनन् । तर, तिनै बीमा अभिकर्ताहरुले व्यवसाय नगरे जीवन बीमा कम्पनीहरुको व्यापार अघि बढ्न सक्दैन।

नेपालका बीमा कम्पनीहरुले पनि एलआईसी इन्डियाको यो कदमबाट केही सिक्न जरुरी छ।

एलआईसी इन्डियाले आफ्ना अभिकर्तालाई सहयोग गर्न जारी गरेको पत्र :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS