IME Life New

लकडाउनभित्रै उद्योगहरु सञ्चालन गर्ने प्रधानमन्त्रीको घोषणा, कच्चा पदार्थ र वितरण श्रृंखला खुल्ला गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै जारी लकडाउनका कारण नेपालको अर्थतन्त्रमा परेको गम्भिर असरबारे सरकार सचेत र संवेदनशील रहेको बताएका छन् । कोरोना महामारीका बीचमा अर्थतन्त्रलाई चलायनमान राख्न सरकारले प्रयास गरेको जनाएको छ । सञ्चालन गर्न सकिने उद्योगहरुलाई आवश्यकताका आधारमा उद्योग व्यवसाय सञ्चालन गर्न दिइने घोषणा गरेका छन् । त्यस्तै मजदुरहरुलाई ल्याउनु परेमा समेत व्यवस्था गरिने जनाएका छन् । उद्योगका लागि आवश्यक कच्चा पदार्थ र उत्पादिन बस्तुको वितरण श्रृंखला खुल्ला गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई महिनाको शिशुदेखि ८१ बर्षिय बृद्ध समेतलाई निको पार्न सक्नु सरकारको अथक प्रयासको नतिजा भएको बताउँदै विश्व स्वास्थ्य संगठनले समेत अति जोखिम क्षेत्रबाट हटाएको बताएका छन् । हाल नेपालका २० भन्दा बढि प्रयोगशालाबाट कोरोना परिक्षण भइरहेको बताउँदै जनसंख्याको दुई प्रतिशत परिक्षण गर्ने लक्ष्यमा सरकार अघि बढेको बताएका छन् ।

Esewa
Crest

कोरोना नियन्त्रणको लागि सरकारले परामर्शदातृ निकाय गठन गरेर अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन पहिलो कुरा हो । रोग वा भोक कुनैबाट पनि जोखिममा पर्न नदिन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।
विदेशमा अलपत्र परेका सबैलाई सरकारले उद्धार गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । विश्व स्वास्थय संगठनको मापदण्ड अनुरुप परिक्षण गरेर र क्वारेन्टाईमा बसेर मात्रै नेपालतर्फ फर्कन दिनुपर्नेमा छिमेकी मुलुक भारतबाट परिक्षण बिना नै नेपाल भित्रिने क्रम बढेको दावी गरेका छन् । प्रम ओलीले भने ‘कोही पनि रहरले विदेशिएको हुँदैन । कोही पनि इच्छाले कोरोना संक्रमित हुँदैन ।’ प्रम ओलीले घर फर्किएकाहरु आफन्त र छिमेकमा कोरोना फैलिन नदिन चिकित्सकको सल्लाह बमोजिम क्वारेन्टिममा बस्न आग्रह गरेका छन् ।

सम्बोधनको क्रममा भर्चुअल रुपमा शैक्षिक पठन पाठन सुरु गरिने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रशासनिक कडाई कायमै राख्दै लकडाउन जारी रहने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS