IME Life New

रोकिएन शेयर बजारको ओरालो यात्रा, कारोबार पनि सुस्तायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारको ओरालो यात्रा जारी रहेको छ। आज पनि नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा झरेको छ। दैनिक कारोबार पनि सुस्ताएको छ।

दोहोरो अंकले बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज होटेल तथा पर्यटन समूह स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।

बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज मानुषी लघुवित्तको शेयरभाउमा १० प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको शेयरभाउमा ९.९० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS