IME Life New

रैराङ हाइड्रोपावरको साधारण सभा आब्हान, लाभांश प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको १८औं वार्षिक साधारण सभा कात्तिक १७ गते गर्ने भएको छ । कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आफ्नै केन्द्रिय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने जानकारी दिएको छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभा भर्चुअल माध्यमवाट शुरु हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, यस कम्पनी रिडी हइड्रोपावरसँग गाभिने भएकाले सो सम्बन्धी प्रस्ताव पारित गर्ने, मर्जर सम्बन्धी प्रस्तावहरु स्वीकृति तथा अभिलेखको लागि पेश गर्दा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन, परिमार्जन गर्न निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक ४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS