IME Life New

रू रू जलविद्युतले बोलायो संयुक्त साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रू रू जलविद्युत परियोजनाले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा असोज १६ गते गर्ने भएको छ । कम्पनीको भदौ ७ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६/ ७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/ ७८ को लागि १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्नेछ ।

Esewa
Crest

सभाले सर्वसाधारण तर्फबाट एक जना र संस्थापक तर्फबाट पाँच जना सञ्चालकहरुको निर्वाचन गर्नेछ भने एक जना स्वतन्त्र सञ्चालनकको नियुक्तिलाई समेत सभाले अनुमोदन गर्ने जनाएको छ ।

साथै, सभामा बोनश शेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्ने एजेण्डा पेश गर्दैछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS