IME Life New

रु. १५.११ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले १५ अर्ब ११ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भोलि असार ११ गते जारी हुने १५ अर्ब ११ करोड २५ लाख रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। कार्यालयले ९१ दिने १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

Esewa
Crest

यी ट्रेजरी बिल क्रमशः असोज ८ गते र २०८२ असार १० गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS