IME Life New

रु. १४.३३ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ३३ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। जसमा २८ दिने ८ अर्ब र १८२ दिने ६ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः माघ २ गते र २०८१ असार ५ गते परिपक्व हुनेछन्।

Esewa
Crest

यी ट्रेजरी बिल मंसिर २६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि मंसिर २५ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS