IME Life New

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन काठमाडौं आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै शक्ति सम्पन्न राष्ट्र चीनका राष्ट्रपति सि जिनपिङलाई काठमाडौंमा स्वागत गरेको सरकारले अब छिट्टै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्ने तयारी सुरु गरेको छ ।

Esewa
Crest

उच्च स्तरीय स्रोतका अनुसार राष्ट्रपति पुटिन छिट्टै नेपाल भ्रमणमा आउदैछन् । त्यसको लागि सरकारले तयारी सुरु गरेको छ । पुटिनको भ्रमणबारे नेपाल सरकारले अत्यन्तै गोप्य रुपमा पूर्व तयारी सुरु गरेको छ । एक महिनाअघि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले रसियाको राजधानी मस्को पुगेर राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेर फर्केका थिए । सो क्रममा राष्ट्रपति पुटिनले नेपाल भ्रमण गर्ने सम्बन्धमा सकारात्मक सन्देश दिएपछि नेपाल सरकारले तयारी गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति पुटिनको भ्रमण गराउने सम्बन्धमा सडकका खाल्डाखुल्डी पुरेको हो कि ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘सडकका खाल्डाखुल्डी पुर्नु नियमित प्रक्रिया हो, राष्ट्रपति आउने निर्णय भएपछि अहिलेसम्मकै भव्य तयारी हुन्छ ।’ स्रोतले २०२० को जनवरी भित्रैमा राष्ट्रपति पुटिनलाई नेपाल भित्राउने सम्बन्धमा तयारी गरिरहेको जनाएको छ ।

सूत्रका अनुसार दुवै देशका तर्फबाट तयारीहरु भइरहेको छ । दुवै देशले एकैसाथ मिति घोषणा गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय सूत्रको भनाई छ । यद्यपि परराष्ट्र मन्त्रालयका सहायक प्रबक्ता तथा उपसचिव सुरेश अधिकारीले पुटिनको भ्रमणको औपचारिक मिति घोषणा भइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS