IME Life New

रुरु जलविद्युतको साधारण सभा आज हुँदै, के-के छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनीले आज कार्तिक ४ गते शुक्रबार साधारणसभा गर्दैछ । कम्पनीले बानेश्वर स्थित थापागाउँ ब्यान्क्वेटमा सभा गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ अवधिको वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त लाभांश साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

त्यस्तै, सभाले लेखा परीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७९ /८० को लागी लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ, बोनश शेयर जारी गर्ने प्रयोजनका लागी कम्पनीको जारी तथा चुक्ता पूँजी लाई आवश्यकता अनसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्नेछ ।

त्यसैगरी नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS