IME Life New

रिलायबल नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ५३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ८६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कुल बीमा शुल्क भने ७८ प्रतिशतले बढेको छ। कम्पनीले हालसम्म ४ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा दुई  ६६ करोड रुपैयाँ थियो।

Esewa
Crest

रिलायलबल नेपालले यसै अवधिमा ३४.२६ प्रतिशतले खुद मुनाफा आर्जन बढाउन सफल भएको छ। कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

कर्जा लगानी तथा अन्य आयमा पनि उल्लेख्य सुधार गरेको छ। समिक्षा अवधिमा १७ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको हो। गत वर्षको यहि अवधिमा ६ करोड ४५ लाख रुपैयाँ मात्रै थियो।

खुद दाबी भुक्तानी ३० करोड ८२ लाख रुपैयाँ छ। गत वर्षको यहि अवधिमा १३ करोड ८७ लाख रुपैयाँ मात्रै थियो। हालसम्मको कुल दाबी भुक्तानी भने ३१ करोड ४५ लाख रुपैयाँ छ। कम्पनीको हाल कायम रहेको कुल पोलिसी संख्या भने २६ लाख ७८ हजार वटा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS