IME Life New

रिलायबल लाइफले ‘रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल खोल्दै’, तीन करोडको आइपिओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै सत प्रतिशत लगानीमा मर्चेन्ट बैंक खोल्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा ‘रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड’ नामक मर्चेन्ट बैंक दर्ता गर्ने अन्तिम तयारीमा रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा भने असोज १० गते नै दर्ता गरिसकेको छ ।

Esewa
Crest

यस मर्चेन्ट बैंकको अधिकृत पूँजी ५० करोड रुपैयाँ तोकिएको छ भने जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ । हालको चुक्ता पूँजी भने २७ करोड रुपैयाँ छ । जारी पूँजी मध्ये बाँकी रहेको तीन करोड रुपैयाँको प्राथमिक शेयर जारी गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्ने क्रममा मर्चेन्ट बैंकमा लगानी गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डमा केहि दिनमै नेपाल सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्ने छ । नयाँ अध्यक्ष आए सँगै मर्चेन्ट बैंकको लाइसेन्स खुला गर्ने अनुमान सहित कम्पनीले सम्पुर्ण प्रकृयाँ अगाडी बढाएको हो ।

पछिल्लो समय बीमा कम्पनीहरुले मर्चेन्ट बैंकमा लगानी गर्ने लहर चलेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत असारमा वेल्थ म्यानेजमेन्ट किनेर एशियन क्यापिटल बनाएको थियो । एशियनको उक्त कदम सँगै अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीहरु पनि पछिल्लो समय मर्चेन्ट बैंक तर्फ आकर्षित भएका हुन् ।

दुई बीमा कम्पनीले खोले भेन्चर क्यापिटल, ५० करोड लगानीमा ‘रिलायबल भेन्चर क्यापिटल’

ठुलो लगानी बोकेर बसेका बीमा कम्पनीहरुले आफ्नो लगानीलाई विविधिकरण गर्नका साथै आफ्नै लगानी व्यवस्थापन गर्न पनि यस्ता संस्था उपयुक्त हुने निष्कर्ष सहित मर्चेन्ट बैंक खोल्ने लहर सुरु भएको हो । कतिपय बीमा कम्पनीले पुराना मर्चेन्ट बैंक नै किन्ने रणनीति बनाएका छन् भने कतिपयले आफ्नै खोल्नेसम्मका योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS