IME Life New

रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स आइपिओ निष्काशनको अनुमति माग्न पुगे धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने भएका छन् । यी दुई कम्पनीले साधारण शेयर (आइपीओ) जारी गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।

रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले हाल कायम रहेको पूँजीको ३० प्रतिशत अर्थात सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको प्रकृया अघि बढाएको हो । आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई ईक्रा नेपालले ग्रेड ४ रेट दिएको छ ।

Esewa
Crest

कम्पनीको हालको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । एक अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बोर्डसँग प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ ।

केयर रेटिङ नेपालले कम्पनीको यस आइपिओलाई मध्यम अवस्था जनाउने ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।  नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला  हुने कम्पनीले जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS