IME Life New

रिलायन्स लाइफको साधारणसभा सम्पन्न, ६३ करोडको आईपीओ ल्याउने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कम्पनीको सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Esewa
Crest

सधारणसभाले सञ्चालक समितिको आव २०७४।७५ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७४।०७५ को वासलत, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु, आव २०७५।०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको अधिकृत पूँजी तीन अर्ब रुपैयाँ र जारी पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ ।जारी पुँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने सञ्चालक समितिको प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS