IME Life New

रिलायन्स लाइफको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक, बोनसदर घटबढको चिन्ता लिनै नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजदेखि प्रचलनमा ल्याएको छ । आज आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखी प्रचलनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।

यो बीमा योजना अर्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीको दाबी छ । साथै सिमित समयको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरण पाउन सकिनेछ । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ‘उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ हो र सोहि अनुरुप ‘मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइने कम्पनीले जनाएको छ । यस बीमालेखमा अतिरिक्त सुविधाहरु लिन चहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो बीमा योजनाको विशेषताहरु

  • यस योजनाको १६ वर्षको बीमालेखमा आधारभुत बीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ ।
  • अन्य बीमा गराउँदा बीमाङ्क रकम अनुसार बीमा शुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमाशुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिन्छ ।
  • बीमा अवधि भन्दा कम समय बीमाशुल्क भुक्तानी गरी ढुङ्क हुन सकिन्छ ।
  • बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन

मृत्यु भएमा

  • यदि बीमा अवधि बाँकी रहदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमाशुल्कको न्युनतम २ गुणादेखि अधिकतम २.५ गुणासम्म रकम भुक्तान गरिनेछ
  • यो बीमा योजना, १६ वर्षदेखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ
  • यो बीमा समाप्ति उमेर ६० वर्ष हुनेछ
  • यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्षसम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ६ वर्ष मात्र बीमा शुल्क तिरे पुग्नेछ
  • यो बीमा योजना अन्तर्गत बीमा शुल्क भुक्तानी वर्षिक हुनेछ

अतिरिक्त सुविधाहरु

माथि उल्लेख गरिएको सुविधाहरुका अतिरिक्त यस बीमालेखमा न्युन थप बीमा शुल्क तिरेर अतिरिक्त पुरक करार सुविधाहरुमा दुर्घटना मृत्यु, पुर्ण अस्थायी अशक्तता, बीमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ ।

कर्जा सुविधा

बीमितले यस बीमा योजनामा सहभागी भएको तीन वर्ष अवधि पुरा भइ तीन वर्षको बीमाशुल्क तिरी सेकपछि सो बीमालेख धितो राखी समर्पण मूल्य ९० प्रतिशतसम्म ऋण लिन पनि सक्नेछन् ।

उदाहरणको लागि यदि २६ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखी एक लाख रुपैयाँ वार्षिक बीमाशुल्क ७ वर्षसम्म ७ लाख रुपैयाँ तिर्छ भने १७ लाख ५० हजार बराबरको जोखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख ५० हजार रैयाँ प्रदान गरिनेछ । थप न्युन बीमाशुल्क १४ हजार ८ सय ४० तिरेर अतिरिक्त पुरक करार सुविधाहरु दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनि लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS