IME Life New

रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम १९ रुपैयाँदेखि सर्वाधिक ६० रुपैयाँसम्म पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ । कम्पनीले गत असोज ६ गते बीमा समितिबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने ‘बोनश आर्जन गर्ने’ सम्पुर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।

कम्पनीले जारी गरेका ६ किसिमका बीमा योजनाहरुमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै सावधिक तथा आजीवन बीमा योजना खरिद गरेका बीमितले अधिकतम ६० रुपैयाँसम्म प्राप्त गरेका छन् । त्यस्तै सामुहिक र सावधिक बीमा योजना खरिद कर्ताले भने सबैभन्दा कम प्रति हजार १९ रुपैयाँ प्राप्त गरेका हुन् ।

Esewa
Crest

सावधिक बीमा योजना

९ वर्ष अवधिको सावधिक बीमा योजना खरिद गरेका बीमितले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रतिहजार २० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । कम्पनीका अनुसार यस्तो योजना खरिद गर्नेहरु जम्मा १०८ जना मात्रै छन् । यहि योजना १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ३५ प्रतिशत, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको योजना खरिद कर्ताले भने प्रति हजार ६० रुपैयाँ प्राप्त गरेका हुन् ।

सावधिक तथा आजीवन

९ वर्ष अवधिसम्मको सावधिक तथा आजीवन बीमा योजना खरिद कर्ताले प्रति हजार ३० रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै क्रमश १० देखि १४ वर्ष अवधिको पोलिसी खरिद कर्ताले ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको पोलिसी खरिद कर्ताले ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको खरिद कर्ताले ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको खरिद कर्ताले प्रति हजार ६० रुपैयाँ प्राप्त गरेका छन् ।

अग्रिम भुक्तानी सावधिक

१५ देखि १९ वर्ष अवधिको अग्रिम भुक्तानी सावधिक बीमा योजना खरिदकर्ताले प्रतिहजार ४१ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको खरिद कर्ताले प्रति हजार ४५ रुपैया प्राप्त गरेका छन् ।

वार्षिक अग्रिम भुक्तानी-मुद्दति नियमित शुल्क

९ वर्ष अवधि सम्मको वार्षिक अग्रिम भुक्तानी मुद्दति नियमित शुल्क बीमा योजना खरिदकर्ताले प्रतिहजार २४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । त्यस्तै १० देखि १४ वर्ष, १५ देखि १९, २० देखि २४ र २५ वर्ष वा सो भन्दा माथिको बीमा योजना खरिदकर्ताले पनि उहि २४ रुपैयाँ नै प्राप्त गरेका छन् ।

वार्षिक अग्रिम भुक्तानी-मुद्दती एकल बीमा शुल्क

सबै उमेर समुहका बीमितले यो बीमा पोलिसीमा प्रति हजार ५४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । यो योजना १५ देखि १९ वर्ष अवधिको खरिद कर्ता धेरै छन् ।

सामुहिक सावधिक

सामुहिक सावधिक बीमा योजना खरिद कर्ताले प्रति हजार १९ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । सबै अवधिका पोलिसी खरिद कर्ताको बोनशदर समान छ ।

कम्पनीले निर्धारण गरेको बोनश दर मृत्यु दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखमा लागु हुनेछ । साथै अर्को बीमाङ्की मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म उल्लेखित दाबीहरुमा समेत यहि बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS