IME Life New

रिलायन्स लाइफको जीवन बीमा कोषमा १ अर्ब ३९ करोड, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको त्रैमासमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढी हो।

Esewa
Crest

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १ करोड ९२ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६२ दशमलव ४३ प्रतिशतले बढी हो।

त्यसैगरी यस अवधिसम्ममा कम्पनीले बीमालेख धितोबापत १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबापत इन्स्योरेन्सले १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १ सय ९ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १०४.७५ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS