IME Life New

रिलायन्स फाइनान्सको एजिएम जेठ २७ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ गरी २ वर्षको साधारण सभा एकैपटक जेठ २७ गते गर्ने भएको छ । सभा प्रयोजनका लागि फाइनान्सले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।

जेठ १२ गते आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् । साधारण सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । रिलायन्सले आव २०७३।७४ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

Crest

यसैगरी, आव २०७४।७५ को लाभांश वापत १२ प्रतिशत बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको कुल २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

फाइनान्सले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा लैजानेछ । साथै,सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS