IME Life New

रिलायन्स फाइनान्सको एजिएम जेठ २७ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ गरी २ वर्षको साधारण सभा एकैपटक जेठ २७ गते गर्ने भएको छ । सभा प्रयोजनका लागि फाइनान्सले जेठ १३ देखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।

जेठ १२ गते आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् । साधारण सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । रिलायन्सले आव २०७३।७४ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

Esewa
Crest

यसैगरी, आव २०७४।७५ को लाभांश वापत १२ प्रतिशत बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको कुल २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

फाइनान्सले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभामा लैजानेछ । साथै,सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS