IME Life New

रियलमीले मिड रेन्जको १० प्रो प्लस फाइभजी स्मार्टफोन नेपालमा ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ। यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो।

जुन भारतमा एकदमै रुचाइएको छ। यसको कारण हो, यसको आकर्षक डिजाइन। रियलमी १० प्लस प्रो फाइभजी नाम दिइएको यो स्मार्ट फोनको कभर्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिस देखिन्छ। डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

यस फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० फाइभजी चिपसेट हो। जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ। यसको ६ इन्चको कर्भ डिस्प्ले हेर्नमा अत्यन्तै आकर्षक छ त नै साथै यसको कलर गेमुट पनि उत्तिकै वाइड छ (एक करोडभन्दा माथि) एचडीआर १० प्लस सर्टिफाइड भएकोले यसमा मज्जाले एचडिआर कन्टेन्टहरु हेर्न सकिन्छ।

त्यस्तै रियलमी १० प्लस प्रो फाइजीलाई अघिल्ला सेटहरुभन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ जुन अत्यन्तै बलियो हुन्छ। त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस फाइभजी ड्रप रेसिस्टान्ट पनि छ।

१०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु भएको यस रियलमी १० प्रो प्लस फाइभजीमा गेमर्सहरुका लागि विशेष गरी फोरडी गेम भाइब्रेसन मोटर पनि राखिएको छ। सफ्टवेयरको कुरा गर्दा यसमा लेटेस्ट एन्ड्रोइड १३ र यूआई ४.० रहेको छ।

यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाटसम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्रि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS