IME Life New

वित्तीय विवरण सार्वजनिक गरेका ४ विकास बैंकमध्ये प्रति शेयर वितरण योग्य मुनाफा, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आर्थिक वर्ष ७७/ ७८ को चौथो त्रैमासको वित्तीय विवरण निस्काशन गर्ने क्रम जारी रहेकोमा यो समाचार तयार पार्दा सम्म ४ विकास बैंकले चौथो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेका छन् । वित्तीय विवरण प्रकाशन गर्नेमा महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोसी डेभलप्मेण्ट बैंक रहेका छन् । एनएफआरएस प्रणाली अनुसार विकास बैंकहरुले  खुद नाफा सँगै वितरण योग्य मुनाफा प्रकाशन गर्ने गरेका छन् ।

चार विकास बैंक मध्य सबै भन्दा धेरै वितरण योग्य मुनाफा गरिमा विकास बैंकको रहेको छ । गरिमा विकाससँग वितरण योग्य मुनाफा ६० करोड ५७ लाख रहेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकसँग ५६ करोड ३८ लाख, कामना सेवा विकास बैंकसँग ४३ करोड ४५ लाख र सप्तकोसी डेभलप्मेण्ट बैंक सँग ७ करोड ४४ लाख वार्षिक वितरण योग्य मुनाफा रहेको छ ।

Esewa
Crest

कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई हाल कायम रहेको शेयर संख्याले भाग गर्दा तीन विकास बैंक महालक्ष्मी, गरिमा र कामना सेवाको प्रति शेयर वितरण योग्य मुनाफा समान  १६ प्रतिशत रहेको छ भने सप्तकोसी डेभलप्मेण्टको ८ रुपैयाँ ९३ पैसा छ ।

प्रति शेयर वितरण योग्य मुनाफालाई लाभांश दिने क्षमता वा वितरण योग्य प्रति शेयर आम्दानीको रुपमा पनि बजारमा प्रयोग हुने केही शब्द हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS