IME Life New

रिडी पावरको साधारण सभा आज हुँदै, लाभांश सहित के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी पावर कम्पनीले आज माघ २९ गते साधारण सभा गर्दैछ । कम्पनीले उक्त सभा नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ४० प्रतिशत बोनश शेयर र २ दशमलव १० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीले हकप्रदको प्रस्ताव भने पेश गरेको छैन् ।

सभाले आर्थिक वर्ष २०७८ /७९ को सञ्चालक समितिको प्रतिवेदनमा छलफल तथा पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, मर्जर पश्चात् दुबै कम्पनीको विषेश साधारण सभाले नियुक्त गरेको सञ्चालकहरुलाई साविक रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड तथा साविक रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड बीच गाभि सम्झौता बमोजिम शेयरधनीहरुको तर्फबाट ४ जना नियुक्त भएका सञ्चालकहरुलाई अनुमोदन गर्ने तथा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १ जना स्वतन्त्र सञ्चालकलाई आगामि ४ वर्ष कार्यकालको लागि नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

तल्लो बलेफि खोला ९२० मे.वा.० आयोजनाको लागि रिडी पावर कम्पनीको तर्फबाट ऋण जमानी बस्ने, बोनश शेयर वितरण पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा प्रस्ताव गरिए बमोजिम संशोधन गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीले साझा पावर डेभलपमेण्ट प्राइभेट लिमिटेडको सम्पूर्ण शेयर खरिद गर्ने, कम्पनीको नाममा रहेका पुराना सवारी साधन, मेसिनरी (मोटरसाईकल र गाडी आदी) बिक्री गर्ने वा भाडामा दिने सम्बन्धमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा संशोधन सम्बन्धी पारित प्रस्ताव कम्पनीको रजिष्टर्ड कार्यालयबाट स्वीकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, यस कम्पनीले आवश्यकताको सिद्धान्त अनुसार अन्य कम्पनीहरुसँग मर्जर गर्ने तथा अन्य कम्पनीहरुलाई यस कम्पनीमा प्राप्ती गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS