IME Life New

रिडी पावरको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीलाई स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का राखेको हो। कम्पनीले बिहान ११ बजे संचालक समितिको बैठक राखेर लाभांश प्रस्ताव गरेको थियो तर त्यसको जानकारी बजार बन्द भएपछि नेप्सेलाई गराएको थियो ।

Esewa
Crest

लाभांश प्रस्ताव गर्दा कारोबार समयमा संचालक समितिको बैठक राख्न नहुने तथा प्रस्ताव गरिएको लाभांश सोहि दिन वा अर्को दिन बजार खुल्नु अगाडी नेप्सेलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरको ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश गरि कुल ४२ दशमलव १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS