IME Life New

रिटेल पेमेन्ट स्वीच मार्फत १,८०० अर्ब बराबरको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्त सम्म १,८०० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले बृद्धी भएको छ । त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतले बृद्धी भएको छ । रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस मार्फत हुने गरेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ । रिटेल पेमेन्ट स्वीच अन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआई मार्फत उपलब्ध रहेका छन् ।

Esewa
Crest

रिटेल पेमेन्ट स्वीच अन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपीआई मार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् । ओपन एपिआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपीआई ले रिटेल पेमेन्ट स्वीचसंग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् । रिटेल पेमेन्ट स्वीच अन्तर्गत हालै भिपीए मा आधारित भुक्तानी, रिक्ओस्ट टु पे इ म्यानेण्डेटमा आधारित भुक्तानी, अन्तरआबद्ध नेपाल पे क्युआर बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् ।

रिटेल पेमेन्ट स्वीचमा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार रु.२० लाख सम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा रु.१ करोड सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ । रिटेल पेमेन्ट स्वीच अन्तर्गत रहेका कनेक्टआईपिएसको वेब मार्फत प्रति कारोबार रु.२० लाख सम्म र मोबाइल एप मार्फत प्रति कारोबार रु.२ लाख सम्मको कारोबार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS